बुद्धभूमि नगरपालिकाको हिउँदे नगर सभाले भूमि सम्बन्धि समस्या समाधान गर्ने नगर प्रमुख श्रेष्ठ ।।

पौस २७ गते कपिलवस्तु

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको नीति केन्द्रित हिउँदे नगर सभाले सुकुम्बासी, दलित, भूमिहिन, र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने कामको औपचारिक रुपमा सुरुवात गरेको छ ।

भूमि सम्बन्धि समस्या समाधान आयोग संग एमओयु गरी भूमि सम्बन्धि समस्या समाधान गर्ने जिम्मेवारी पाएको बुद्धभूमिले आवश्यक बजेट विनियोजन गरी कामको औपचारिक रुपमा सुरुवात गरेको हो । नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले आइतबार बसेको हिउँदे नगरसभाबाट भूमि सम्बन्धि समस्या समाधनका लागि चाहिने आवश्यक बजेट विनियोजन गरी काम थालिएको वताउनु भयो ।

नगरपालिकाले कार्यालय व्यवस्थापन, जनशक्ति परिचालन लगायतमा बजेट खर्च गर्ने यसको लागि नगरसभाले साढे २८ लाख रकम विनियोजन गरेको उहाँले बताउनु भयो । साथै हिउँदे नगरसभाबाट दुई वटा ऐन पारित भएको छ । बुद्धभूमि नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा गर्न बनेको ऐन र बुद्धभूमि नगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन पारित भएको हो । श्रम सम्बन्धि नीति २०७७ पनि हिउँदेसभाबाट सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी वताउनु भयो ।

 

चालु आवमा अहिले सम्म ठूला प्रकृतिका योजनाहरुको प्रतिस्पर्धाको माध्यमद्धारा निर्माण कार्य गराउने प्रयोजनका लागि हालसम्म २६ ओटा योजनाको लागत इस्टिमेट स्विकृत गरी ई टेण्डर मार्फत ७ करोड ९१ लाखमा ठेक्का सम्झौता भएको हिउँदे नगरसभामा जानकारी दिइएको छ ।दुई लाख सम्मका योजना कार्यान्वयनको जिम्मा वडा कार्यालयमा दिई हाल सम्म २८ वटा योजना सम्झौता भई कार्यान्वयन भएको छ भने आन्तरिक आम्दानी बढोत्तरीको अधिकतम प्रयास सुरु गरिएको नगर प्रवक्ता पवन कुमार थारुले जानकारी दिनुभयो ।

चालु आवमा औषधि खरिद भई स्वास्थ्य संस्थाहरुमा वितरण भैसकेको र प्रत्येक विहीबार कोभिड(१९ को पीसिआर जाँच सञ्चालन भैरहेको पनि प्रवक्ता थारुले वताउनु भयो । चालु आवमा हाल सम्म पूजीगत खर्त तर्फ ५।८ प्रतिशत र चालु तर्फ २२।९९ प्रतिशत खर्च भएको पत्रकार सम्मेलन मार्फत नगर प्रवक्ता थारुले जानकारी गराउनुभएको थियो ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...