स्रोत नखुलेको नगद र चेक सहित एक व्यक्ति पक्राउ

पौष २८ काठमाण्डौ

काठमाण्डौको नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३७ लाख र सात लाख रुपैयाँको चेक सहित एक व्यक्तिपक्राउ परेका छन् ।चितवनबाट काठमाण्डौका लागि छुटेको बा ३ ख ९१३९ नम्बरको माइक्रो बस चेक जाँच गर्ने क्रममा झोलामा लुकाइरहेको ३७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको सात लाख रुपैयाँको चेक र एक थान खाली चेक सहित चितवनको माडीका रामकुमार गुरुङलाई बिहान प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...