नमस्ते कपिलवस्तु बुद्धभुमी यातायात प्रा.लि.द्धारा आफनो सेवाको शुभारम्भ

नमस्ते कपिलवस्तु बुद्धभुमी यातायात प्रा.लि.ले महा शिवरात्रीको अवसरपारी आफनो सेवा सुचारु गरेको छ । वाणगंगा ७ कोईली वनगाई कपिलवस्तुमा रहेको आफनो प्रधान कार्यालयबाट सेवा सुचारु गरेको हो यातायात प्रा.लि दर्ता भएको ६ महिना पुरा भएता पनि सेवाको सुचारु भने एक कार्यक्रमका विच आज प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले संयुक्त रुपमा रिवन काटी र गाडी चलाएर समुद्घाटन गर्नु भएको गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी पाण्डेले यातायात क्षेत्र निकै जटिल क्षेत्रको रुपमा यस्लाई लिदै विगतको अवस्थामा भन्दा यातायात क्षेत्र अहिले वर्तमान अवस्थामा फड्को मारेको वताउदै यसलाई व्यवस्थीत तरिकाले अगाडि बढाउनका लागि शुभकामना व्यक्त गर्दै यातायातका चालकलाई ट्राफिक नियमका वारेमा पुर्णरुपमा प्रशिक्षण दिनका लागि समेत प्रा.लिका सञ्चालकहरुलाई आग्रह गर्नु भयो ।

बिशिष्ट अतिथीको रुपमा बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नमस्ते कपिलवस्तु नामको वस संचालमा आउदा देश विदेशमा हरेक हिसावले पछाडि रहेको कपिलवस्तु जिल्लाको नाम चर्चामा ल्याउनका लागि यस कम्पनीका अध्यक्ष कुमार खड्काले नेपालमै पहिलो पटक वातानुकुलित वस सेवाको सुचारु गर्नु भएको थियो त्यसै गरि नमस्ते कपिलवस्तु बुद्धभुमी यातायात प्रा.लि.ले पनि त्यो चर्चामा बटुल्न सफल हुने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रमको समापन गर्दै नमस्ते कपिलवस्तु बुद्धभुमी यातायात प्रा.लि.का अध्यक्ष कुमार खड्काले कम्पनीको उद्धेश्य माथि प्रकाश पार्दै यात्रु वाहक, सवारी साधन सञ्चालनमा ल्याई दिवा तथा रात्री छोटो तथा लामो दुरीमा सेवा प्रदान गरि अव मालवाहक सवारी साधन सञ्चालन संगै ,यात्रुहरुलाई आफनै होटलको खाना ,खाजा खुवाउने गाडी मर्मत गर्ने आफनै ग्यारेज र पेट्रोल पम्पहरु संचालन गरी देशकै नमुना यातायात प्रा.लि को रुपमा परिचित गराउने उद्धेश्य रहेको वताउदै ३ वर्षे गुरु योजना निर्माण गरिएकोले यसको उद्धेश्य पुरा गर्नका लागि यातायात प्रा.लिले तल्लीन भएर लाग्ने कुरामा विश्वास दिलाउनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको प्रमुख आतिथ्यता नमस्ते कपिलवस्तु बुद्धभुमी यातायात प्रा.लि.का अध्यक्ष कुमार खड्काको अध्यक्षता रहेको कार्यक्रममा बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारी,रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल, नेपाली कांग्रेस वाणगंगा नगरपालिका वडा नम्वर ७ का वडा सभापती सुवेदार तेज वहादुर पछाईको आतिथ्यता रहेको कार्यक्रमको स्वागत मन्तव्य प्रवन्ध सञ्चालक आत्म सिग घर्ति मगरको रहेको थियो । भने कार्यक्रमको सञ्चालन नमस्ते कपिलवस्तु बुद्धभुमी यातायात प्रा.लि.का सञ्चालक पोष्टराज गौतम गर्नु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...