बुद्धभूमि नगरपालिका स्व–मूल्याङ्कन गर्ने जिल्लाको पहिलो नगरपालिका घोषण

बुद्धभूमि कपिलवस्तु

कपिलवस्तुको बुद्धभूमि नगरपालिका स्व–मूल्याङ्कन गर्ने जिल्लाको पहिलो नगरपालिका घोषण भएको छ । बुद्धभूमि लुम्बिनी प्रदेशको चौथो तभने देशभरको ११ औं स्थानको स्थानीय तह बनेको हो । उक्त स्व–मूल्याङ्कन कार्यविधिले तोकेका विभिन्न १० विषय क्षेत्रमा भरेर सम्बन्धित ठाउँमा पेश गरिएको नगरपालिकाले विज्ञप्ति मार्फत जनाएको छ ।

नगरपालिकाबाट सम्पादन गरिने कामकारबाहीलाई व्यवस्थित, योजनाबद्ध, प्रभावकारी, जनताले अनुभूति गर्ने गरी सम्पादन गर्ने अवस्थाको सृजना गर्ने÷गराउने प्रयोजनका लागि स्व–मूल्याङ्कन गरिन्छ । कार्यविधिले विज्ञको रोहबरमा स्व–मूल्याङ्कन गर्ने परिपाटीको व्यवस्था गरेको छ । स्व–मूल्याङ्कनबाट प्राप्त नतिजाले नगरपालिकाको अवस्था सन्तोषप्रदक रहेको तर सुधारको प्रशस्त गुञ्जायस देखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...