वाणगंगा नगरपालिका भित्र रहेका बैंक तथा वित्तिय संस्था बैशाख ३१ गते सम्म बन्द गर्ने नगरको निर्णय

वाणगंगा कपिलवस्तु

कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका भित्र रहेका बैंक तथा वित्तिय संस्थाहरु बैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको नगरले गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस ९कोभिड–१९० को प्रकोप नगरपालिका भित्र बढेको र अन्य जिल्ला र स्थानीय तहरुबाट सेवाग्राहीको चाप नगरमा बढेको भन्दै वाणगंगाले बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख मंगल प्रसाद थारुद्धारा हस्ताक्षरित विज्ञप्तिमा यही बैशाख २४ गतेदेखि ३१ गतेसम्म बैंक तथा वित्तिय संस्था बन्द हुने सुचना निकालेको छ । बैकहरु बन्द रहे पनि एटीएम तथा विद्युतीय माध्यमबाट हुने बैकिङ सम्बन्धी सेवाहरु निर्देशन बमोजिम सञ्चालन गर्न समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।

कोरोनाको दोस्रो लहरमा वाणगंगा नगरपालिकाले पनि भोगेको छ । नगरमा कोरोना संक्रमित बढ्दै जाने भए पनि नगरले सो निर्णय गरेको जनाएको छ ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...