दाङमा निषेधाज्ञाको अवधि एक साता थप

दाङ संवाददाता

दाङमा निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ। शुक्रवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना माहामारीको संक्रमण दर अझै तीव्र गतिमा फैलि रहेको भन्दै जारी लकडाउनलाई जेठ १ गते बेलुका ६ बजे सम्म थप गरेको हो।

यस अघि वैशाख १७ गते बिहान ६ बजेदेखि वैशाख २५ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा लगाइएको थियो। लकडाउन थपिएपछि बैंकहरु साताको दुई दिन पालोअनुसार दुई घण्टा मात्र खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। बैंक बिहान ११ देखि दिउँसो १ बजेसम्म खुला रहने छ।

निषेधाज्ञाको अवधिमा विकास निर्माणका सामग्री ढुवानीका लागि बेलुका ६ देखि राति ९ बजेसम्म र अत्यावश्यक वस्तु खरिद बिक्री एवं ढुवानीका लागि बिहान ७ देखि ८ बजेसम्म खुला गर्ने निर्णय भएको छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...