भारतमा एकै दिनमा ३ लाख १९ हजार ४६९ जना कोरोना संक्रमित निको

वाणगंगा अनलाईन काठमाण्डौ।

भारतमा शुक्रबार एकैदिन ३ लाख १९ हजार ४६९ जना कोरोना संक्रमित विरामी निको भएका छन । यो संख्या बिहीबारको भन्दा ९ हजारले कमी हो । बिहीबार ३ लाख २८ हजार १४१ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको थियो । यसअघि मंगलबार एकै दिन सबै भन्दा बढी ३ लाख ३७ हजार ५ सय ४८ जनालाई निको भएको थियो ।

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ७९ लाख १७ हजार ८५ पुगेको छ । संक्रमित भने बढि नै रहेका छन् । शुक्रबार ४ लाख १ हजार २२८ संक्रमित थपिएका छन् । बिहीबार भने रेकर्ड बढी भएको थियो । बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । बुधबार एकैदिन त्यो दिन सम्मकै बढी ४ लाख १२ हजार ३७३ जना संक्रमित थपिएका थिए ।

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ । हाल ३७ लाख २१ हजार ७६९ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार १९१ जनाको ज्यान गएको छ । यसअघि बिहीबार ३ हजार ९२० जनाको ज्यान गएको थियो । बुधबार ३ हजार ९७९ जनाको ज्यान गएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३८ हजार २६५ रहेको छ ।भारतमा अहिलेसम्म १६ करोड ४९ लाख ७३ हजार ५८ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...