गाउँपालिका अध्यक्ष र वडाध्यक्ष पक्ष बीच विवाद  तीन जना घाइते, एकको अवस्था गम्भिर

कार्तिक ५

सर्लाहीको विष्णु गाउँपालिकामा जनप्रतिनीधि विचको विवाद उग्र बन्दै गएको छ । विवादकै कारण गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्ष समूह विच झडप हुदाँ ३ जना जना घाईते भएका छन भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।

गाउपालिकाको वडा नं। ६ सिमरा स्थित गाँउपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्षसँग रुष्ट रहेका वडाध्यक्षहरुले आइतवार साझ ५ बजे ताला लगाएका थिए । वडा अध्यक्षहरुले लगाएको ताला खुलाउने क्रममा सोमबार विहान ११ बजे दुई पक्षवीच झडप भएको थियो ।

झडपमा परी गाँउपालिकाका अध्यक्ष जवहारलाल राय पक्षका एक जना र वडा अध्यक्षहरु पक्षका दुई जाम रहेका छन् । गाउँपालिका अध्यक्ष पक्षका घाईते हुनेमा सोही गाउँपालिका वडा नं। ६ का ४० वर्षिय राजकिशोर राय रहेका छन् ।

वडाध्यक्ष पक्षतर्फका घाईते हुनेहरुमा सोही गाउँपालिकाकै बारा बेल्बा बस्ने ४५ वर्षिय अरबिन्द कुमार सिंह र २२ वर्षिय आदित्य यादव रहेका छन् । घाईतेहरु मध्ये वडा अध्यक्ष पक्षका अरबिन्दको टाउको गहिरो चोट लागेकोले मलंगवा अस्पताल सर्लाहीमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि काठमांडौं रेफर गरिएको मलंगवा अस्पताल सर्लाहीले जनाएको छ । अन्य दुई जनालाई सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ ।

आफु काम विशेषले काठमाडौं गएको मौका छोपी गाउँपालिकामा वडा अध्यक्षहरुले ताला लगाएको गापा अध्यक्षको दावी छ । उनले गापा कार्यालयमा ताला लगाएको कुरा आफुले टेलिफोनको माध्यमबाट थाहा पाएको बताएका छन् । तालाबन्दीको वारेमा जानकारी हुने बितिकै आफु राति नै सर्लाही फर्केको अध्यक्ष यादवको भनाई छ ।

गाउँपालिकामा ताला लाग्दा जनताका काम रोकिने भएकोले सोमबार विहान ताला खोली कार्यालय संचालन गर्दा एकासी वडा अध्यक्ष पक्षका भिड आएर गाली गलौज गरेपछि स्थानिय र वडाअध्यक्ष पक्ष बिच झडप हुन पुगेको गाउपालिका अध्यक्ष यादबले बताए ।

कानुनले कसैलाई पनि सरकारी कार्यालयहरुमा तालाबन्दी गर्ने अधिकार दिएको छैन त्यही अनुरुप आफुले ताल्चा फुटाई कार्यालय संचालन गरेको अध्यक्ष यादबले बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...