पूर्व प्रधानमन्त्री खनाल कपिलवस्तु आउँदै

वाणगंगा अनलाईन कपिलवस्तु, ५ कात्तिक

नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल बुधबार तौलिहवामा आउनुहुने भएको छ । पूर्व प्रधानमन्त्री खनाल नेकपा कपिलवस्तुद्धारा आयोजित विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आद्रान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्न तौलिहवा आउन लाग्नु भएको नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनु भएको छ । तौलिहवाको रत्नराज्य मा.वि.मा आयोजित सभालाई सम्बोधन गर्न कृषि तथा पशु पंक्षि विकास मन्त्री चक्रपाणी खनाल पनि साथमा आउनुहुने नेकपा कपिलवस्तुले जनाएको छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेकपाका जिल्ला नेता डम्मर शर्माले जानकारी दिनुभयो । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाहले पार्टी कार्यकर्ता, शुभेच्छुक, संचारकर्मीलाई सभामा उपस्थितीका लागि आग्रह गर्नु भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...