नव प्रभाव युवा क्लवले खुल्ला भलिवल प्रतियोगीता आयोजना गर्दै

वाणगंगा अनलाईन कपिलवस्तु, ५ कार्तिक

नेपालीहरुको महान पर्वको अध्यनजमा नव प्रभाव युवा क्लवले ठाकुरापुरले खुल्ला भलिवल प्रतियोगीता आयोजना गर्ने भएको छ ।
यहि कार्तिक २१ गते देखि सञ्चालन हुने सो प्रतियोगीतामा प्रथम हुनेलाई पचास हजार र आकर्षक खसी उपहार दिन लागीएको संस्थाका क्लवका अध्यक्ष मिलन चालिसेले जानकारी दिनु भयो ।

बाणगंगा माध्यामिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगीताको लागी नाम दर्ता अन्तिम मिति यहि कार्तिक १९ गते सम्म रहेको संस्थाले जनाएको छ ।

साथै सो प्रतियोगीतमा द्धितिय हुनेले ३५ हजार,तृतिय हुनेले २० हजार र शान्त्वना हुनेले ५ हजार नगद उपहार पाउने छन । राष्ट्रिय खेलको रुपमा विकास भइरहेको भलिव खेललाइृ जर्गेना गर्ने उद्देश्यले यस्ता खालका प्रतियोगीताहरु आयोजना हुनु अत्यन्तै राम्रो मानिन्छ । विगतमा समेत यो संस्थाले सामाजिक काम गर्नुका साथै प्रतियोगीत समेत सञ्चालन गर्दै आएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...