दाहाल र भट्टराईको वैद्यले गरे आलोचना

वाणगंगा अनलाईन, कात्तिक ६, प्यूठान

नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका चर्को आलोचना गरेका छन् ।
तत्कालीन १० वर्षे जनयुद्धको समयमा भएको सहकार्यलाई स्मरण गर्दै उनले प्रचण्ड र बाबुरामले पुराना सबै कुरा बिर्सिसकेको आरोप लगाए । प्रचण्ड र बाबुरामले कम्युनिस्ट सिद्धान्त भुलेको पनि उनको आरोप छ ।
नेकपा क्रान्तिकारी माओवादी प्युठानले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले प्रचण्डको विश्वास नभएको र बाबुरामको राजनीति असम्भव देखिएको तर्क गरे ।

वैद्यले निर्वाहमुखी अर्थतन्त्रले राष्ट्र समृद्ध नहुने भन्दै वर्तमान सरकारले जनभावना अनुसार आफ्ना काम अगाडि बढाउन नसकेको पनि बताए । वैद्यले आगामी मंसिर १४ गतेका लागि तय गरिएको उपनिर्वाचन आफ्नो पार्टीले बहिस्कार गर्ने पनि बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...