वडा अध्यक्ष सहित काग्रेंस नेता समाजवादीमा प्रवेश

वाणगंगा अनलाईन कार्तिक ७ दाङ

दाङको बबई गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष महावीर चौधरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । कांग्रेसका जिल्लाका पूर्व सह–सचिव कुलबहादुर घर्तीसहित वडाध्यक्ष चौधरी समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

चौधरीलाई दाङकै कार्यक्रममा र केसीलाई काठमाडौँको कार्यक्रममा प्रवेश गराइएको हो । उनीहरुलाई केन्द्रीय सदस्य तथा उत्पादन तथा स्वरोजगार बिभाग हरिप्रसाद रिजाल, जिल्ला सदस्य एवं निर्वाचन क्षेत्र नं। ३ का अध्यक्ष जीवराज पुन, जिल्ला सदस्य एवं क्षेत्र नं। ३ का उपाध्यक्ष डिल्लीबहादुर डाँगीको सहभागिता रहेको प्रदेश सदस्य जीवन भण्डारीले जानकारी दिए ।

पूराना पार्टीहरुले मुलुकलाई समृद्धि दिन नसक्ने भन्दै आफुहरुले नयाँ पार्टीको बिकल्प रोजेको केसीले बताए । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भएपछि पार्टीले दाङमा संगठन निर्माणलाई तिब्रता दिइएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...