अर्घाखाँचीमा खुल्ला भलिबल प्रतियोगिता : डिर्भना र अमराईको विजयी सुरुवात

वाणगंगा अनलाईन, कात्तिक ७ अर्घाखाँची

अर्घाखाँचीको अमरावति युवा कल्व शितगंगा नगरपालिका ४ ले आयोजना गरेको भलिवल प्रतियोगिता आज देखि सुरु भएको छ । प्रतियोगिताका शितगंगा तथा संधिखर्क नगरपालिकाका बिभिन्न वडा का १३ वटा खेलाडि समुहहरुको सहभागिता रहेको छ । प्रतियोगिताको आज शितगंगा नगरपालिका प्रमुख शुर्य प्रसाद अधिकारीले उद्धभाटन गर्नु भएको हो ।
आज उद्धभाटनको दिन २ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ । उद्घाटन सत्रको सम्पन्न पहिलो खेलमा शितगंगा नगरपालिका ७ जलुके र सन्धिखर्क नगरपालिका ११ डिर्भना बिच भएको खेलमा डिर्वना बिजयी भएको छ । प्रतिस्प्रधात्मक खेलमा डिर्भना २ ÷ १ को सेटमा बिजयी बनेको छ । यस्तै आजै सम्पन्न खेल्मा आयोजक तथा शितगंगा नगरपालिका ४ ए टिम बिजयी भएको छ । दोस्रो खेलमा शितगंगा नगरपालिका २ घोरबन्धाको समुहलाई आयोजक अमरावतीले ८ ÷ २५ र ९÷ २५ को सोझो सेटमा पराजित गरेको छ । बाँकी खेल भोली बिहान ८ बजे बाट सुरु हुने आयोजकले जनाएको छ । खेलको प्रथम पुरस्कार ३० हजार नगद राखिएको छ भने दोस्रो पुरस्कार २० हजार तथा तेस्रो पुरस्कार १० हजार रहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...